काठमाडौं। नेपालको सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सयले फेरि वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाले वृद्धि भएर एक हजार १४५ पुगेको छ।
प्रकाशन मिति–२०७७ साल साउन ८ गते विहीवार ।