काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्मका लागि थप गरेको छ।

आइतबार बसेको कोभिड–१९ विरुद्धको उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी २०७७ वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा लगाउको प्रतिबन्ध बढाउने निर्णय गरेको हो।

यसअघि समितिले चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो। नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित संक्रमण रोकथामका लागि चैत ९ गते आइतबार -राति ११ः५९०) देखि १० दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। जुन कायमै रहेको छ।
प्रकाशन मिति–२०७६ साल चैत १६ गते आइतवार ।