Nepal Map

काठमाडौ। नेपालमा अव ७५ जिल्ला कायम भएन। अव ७७ जिल्ला बन्यो। नेपालका दुई जिल्ला नवलपरासी र रुकुमलाई दुई–दुई भागमा विभाजित गरेपछि दुई जिल्ला थप भएको हो। नेपाल सरकार मन्त्रिपरिषदको भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई–दुई जिल्ला बनाउने निर्णय गरेपछि नेपालको जिल्लाको संख्या ७७ पुगेको हो।

Nawalparashi

नवलपरासी र रुकुमलाई दुई–दुई टुक्रा पारेपनि टुक्रिएको जिल्लाको नयाँ नामाँकरण भने गरिएको छैन्। नेपाल सरकारको निर्णयानुसार आयोगले प्रदेश नम्बर–४ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नम्बर–५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई तथा प्रदेश नम्बर–५ मा पर्ने रुकुम (पूर्वी भाग) र प्रदेश नम्बर–६ मा रहने रुकुम (पश्चिम भाग) गरी कायम भएका दुई जिल्लासहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको हो।

Rukum

निर्वाचन आयोगले उक्त जिल्लामा निर्वाचन गराउनका लागि चारजना जिल्ला न्यायाधीशको नामावली उपलब्ध गराउन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई लेखी पठाउने पत्राचार गरिसकेको छ। उक्त जिल्लामा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गर्ने कार्य पनि आयोगले गरेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र ९ गते शुक्रबार ।