काठमाडौं। अष्ट्रेलियाको सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको ७ दिने तयारी कक्षा होटल अकामा धुम्वाराही काठमाडौमा सम्पन्न भएको छ।

द इन्ष्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्ट्रेलिया (ICMA) द्वारा संचालित र एकेडेमी अफ म्यानेजमेन्ट एकाउन्टेन्सी नेपाल (एम्यान) को आयोजनामा शुरु भएको पहिलो ब्याच (पहिलो समूह) सात दिने तयारी कक्षा सम्पन्न भएको हो।

कार्तिक २ गतेबाट सञ्चालित ७ दिने सो तयारी कक्षामा ३५ जना बिभिन्न क्षेत्रका लेखा व्यबसायमा संलग्न ब्यक्तिहरु सहभागी थिए भने यस अघि ७ जनाले नेपालबाट पेशागत प्रमाणपत्र लिइसकेका छन् ।
शनिवार सम्पन्न नेपालको पहिलो व्याचको ७ दिने तयारी कक्षामा सहभागी बिभिन्न क्षेत्रका लेखा व्यबसायमा संलग्न ब्यक्तिहरुको अबको ६ महिनाभित्र परीक्षा हुनेछ ।

तयारी कक्षाका ३५ जना मध्ये बिशेषतः रजिष्टर्ड अडिटर्श, सिपिए, र बिभिन्न निकायका डाईरेक्टरहरु छन् । यो कोर्ष लिनका लागि व्यबस्थापनमा स्नातकोत्तर गरी व्यबस्थापकीय कार्यमा ५ बर्षको अनुभब भएका वा कुनै पनि सर्टिफाइड एकाउण्टीङ्ग रेगुलेटरी बडि (सिपिए, सिए, आरए, एसिसिए, आदि) का सदस्यहरु, जो संग २० बर्षको व्यबस्थापन बिषयको अनुभव छ, उनीहरुले पनि यो कोर्ष लिन सक्नेछन्।

कार्यक्रम सकिएसँगै तयारी कक्षामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने मिडियाकर्मी, नेपाल अडिटर्श एशोसियशन (अडान), होटल अकामा लगायत उपस्थित सबैमा आयोजक टीमले हार्दिक आभार पनि व्यक्त गरिएको छ। ।
प्रकाशन मिति–२०७६ साल कात्तिक ९ गते शनिवार ।