काठमाडौ। नेपालमा आज मिति २०७५ साल जेठ १५ गते मंगलवार गणतन्त्र दिवस। विसं.२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजवाट १० वर्ष पूरा भएको छ।  ११ औं वर्षमा प्रवेश गरेको छ।

विसं. २०६२–०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई  अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको आज जेठ १५ गतेको दिन हो। विसं.२०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरवारवाट बिदा लिएका थिए।

प्रकाशन मिति–२०७५ साल जेठ १५ गते मंगलवार ।