काठमाडौं। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन्।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीव्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख ३० गते मंगलवार ।