काठमाडौं। नेपालका बरिष्ठ इतिहासविद शताब्दीपुरुष डा.सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्। शताव्दी पुरुष जोशीमा १०१ बर्षको उमेरमा पनि कुनै जोशमा कमी आएको छैन्।

परिआएको खण्डमा यो उमेरमा पनि डा.जोशी देशका लागि ज्यान दिन तयार रहेको बताउँछन्। डा.जोशीको भनाइमा सत्ता र शक्तिको लागि शासकको लुछाचुँडीका कारण नै छिमेकीलगायत विदेशीले नेपाललाई हेपेका हुन।

९८ वर्षीया जीवनसंगिनीका साथ शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी १०१औं जन्मदिन बैशााख ३० गते मंगलवार मनाएका छन्।

एउटा जीवित इतिहास बोकेका जोशीको मन शान्त छ। तर, देशको परिस्थितिले केही विचलित र आक्रोशित पनि तुल्याएको छ।

डा.जोशी दुइवटा महाकाव्यका लेखक, कला, संस्कृति, साहित्य, इतिहास र राजनीतिका ज्ञातासमेत रहेका छन्। शालिन स्वभाव, तिक्ष्ण दिमाग र उच्च सोचका शताव्दी पुरुष डा.जोशी नेपालको धरोहर नै हुन।


प्रकाशन मिति–२०७७ साल बैशाख ३० गते मंगलवार ।