काठमाडौं। नेपालमा एक पछि अर्को रिपोर्ट अनुसार, कोरोना संक्रमितको संख्या २१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीव्दारा मंगलवार राति १०ः१५ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार कोरोना संक्रमितको संख्या २१७ पुगेको हो।

दिउंसो १ः१० बजेसम्म ५७ जना कोरोना संक्रमित पुष्टि भएकोमा राति १०ः१५ बजेसम्म थप २६ जना पुष्टि भएयता आज मंगलवार एकैदिनमा ८३ जना संक्रमित थपिएको देखिएको छ।

मन्त्रालयका अनुसार सवैको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीहरुसंगको संपर्कमा रहेका छन्।


प्रकाशन मिति–२०७७ साल बैशाख ३० गते मंगलवार ।