काठमाडौं। नेपालमा आज आइतवार १० जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै प्रवक्ता डा.विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताएका छन्। नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको हो।

डा.देवकोटाले हालसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको भनेका छन्। २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन्। २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन्। सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन्। ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् ।
प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।