काठमाडौं। नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ। निषेधाज्ञा लागूभएका जिल्लाहरुको संख्या आजवाट २६ पुगेको छ।

यसै क्रममा प्यूठानमा पनि आज शनिवार देखि लागू हुनेगरि निषेधाज्ञा गरिएको छ। त्यस्तै गुल्मीमा पनि समुदायस्तरमा संक्रमण फैलन थालेपछि आजदेखि लागु हुने गरि एक साताका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वताएका छन्।

उता डडेल्धुरामा पनि आज देखि निषेधाज्ञा गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो। त्यस्तै आज देखि लागु हुने गरि जाजरकोट, रुकुम पश्चिम, सल्यान र डडेल्धुरा तथा झापामा पनि निषेधाज्ञा गरिएको छ।

यसअघि बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन, सुनसरी, पाल्पा र रुपन्देहीमा लगाईएको निषेधाज्ञा जारी नै छ। यसैगरी, बागलुङ, कालिकोट, बर्दिया र दार्चुलामा आंशिक निषेधाज्ञा लागू छ।
प्रकाशन मिति–२०७८ साल बैशाख १८ गते शनिवार ।