काठमाडौं। नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ३४ बर्षिय एक पुरुषमा संक्रमण भेटिएको स्वास्थ्यमन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन्।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ ।

यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।

प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरे।
प्रकाशन मिति–२०७६ साल चैत १४ गते शुक्रवार ।