काठमाडौ। नेपाल भूकम्पीय खतराको क्षेत्रको रुपमा रहेको छ। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्प पश्चात नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको खुलासा भएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले यसको कुराको खुलासा गर्दै दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको केन्द्रले भनेको हो।

गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ। जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन्। केन्द्रले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्प जाने गरेको जनाएको छ।

हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ। केन्द्रले विसं.२०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको पनि भनेको छ।
प्रकाशन मिति–२०७४ साल चैत्र १० गते शनिवार ।