चितवन। नेपालमा पानी जहाज चल्दैन भन्नेहरुलाई खुशीको खवर बनेको छ। अव नेपालमा पानी जहाज चितवनको नारायणी नदीवाट चल्ने भएको छ। चितवनको नारायणी नदीमा ‘मिनि’ पानीजहाज सन्चालनमा आउने निश्चित भएको हो।

नेपालमै पहिलोपटक भरतपुर महानगरपालिका वडा नंबर १६ मा मिनि–पानीजहाज सन्चालन गर्ने तयारी भैरहेको जानकारी भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा भनिएको छ। राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले आउँदो दशैंसम्ममा नारायणी नदीमा मिनि पानीजहाज सन्चालनमा ल्याउने तयारी गरेको हो।

करिब ३५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो पानीजहाजमा एकपटकमा २ सय जनासम्मले यात्रा गर्न मिल्ने राइनो वाटर इन्टरटेनमेन्टले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।