काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य सात संस्थाद्वारा संयुक्तरूपमा सम्मानित बनेका छन्। काठमाडौंको कालिमाटी स्थित चोकमा बिभिन्न सामाजिक संघसंस्थाहरूको तर्फबाट शनिबार बिहान झन्डै पाँच किलोको धातुको बुध्दको प्रतिमा रक्तदाता कर्माचार्यलाई प्रदान गरेर विशेष योगदानको सम्मान गरिएको हो।

कीर्तिमानी रक्तदाता एवं बिशिष्ट समाजसेवीको उपाधिका साथ कर्माचार्यलाई सम्मान–पत्र पनि प्रदान गरिएको थियो। कर्माचार्यले हालसम्म १५८औं पटक रक्तदान गरेर रक्तदानमा रेकर्ड कायम गरिसकेका छन्।

रक्तदाता सम्मान कार्यक्रमको रोटरी क्लव अफ बागमतीको मुख्य आयोजना र नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं,महानगरिय प्रहरी बृत्त कालिमाटी,रोटरी क्लब अफ बालाजु,महानगरीय ट्राफिक प्रहरी कालिमाटी, इनर ह्विल क्लब अफ बागमती, ज्ञानतिर्थ संरक्षण समाज लगायतको सहआयोजनामा भएको थियो।
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।