Bhotekoshi ko Badhi 1काठमाडौ। गत बर्ष २०७२ सालमा विनाशकारी भूकम्पले नेपालमा निक्कै नै समस्या उत्पन्न गरेको थियो। धन–जनको ठूलै क्षति भएको थियो। त्यो आलो घाउसँगै यो बर्षको असारे मनसुनी बर्षाले बाढीपहिरोको प्राकृतिक प्रकोपवाट पीडा माथि पीडा थपिन पुगेको छ।

चार महिनायता मात्र बाढीपहिरो लगायतका प्राकृतिक विपतिका कारण ४७ जनाले ज्यान गुमाइसकेको गृहमन्त्री शक्ति बहादुर बस्नेतले बताएका छन्। शुक्रबार संसदमा जानकारी दिदै मन्त्री बस्नेतले बैशाखयता प्राकृतिक विपतिका घटनामा १६ जना बेपत्ता भएको भनेका छन्। मन्त्री बस्नेतले संसदमा दिएको जानकारी अनुसार १ सय २१ बाढीपहिरोको घटनामा ५७ जना घाइते बनेका छन्।

बाढीपहिरोवाट १ सय ३८ घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। १ सय ६० घरमा आँशिक क्षति पुगेको छ। मनसुनी विपत्तिबाट सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, सल्यान, लमजुङ, रोल्पा, धादिङ, बागलुङ, सिन्धुली, गुल्मी, बाजुरा, चितवन, मोरङ, दाङलगायतका जिल्ला बढी प्रभावित भएको उल्लेख गर्दै मन्त्री बस्नेतले पीडितको उद्धार र राहतका लागि सरकारी संयन्त्रहरूको प्रभावकारी परिचालन गरिएको बताए।
प्रकाशन मिति–२०७३ साल असार २४ गते शुक्रबार ।