Lagu 6काठमाडौ। नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमवार काठमाडौको कमलादी स्थित प्रज्ञाभवनमा आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी आयोजक गृह मन्त्रालयले दिइएको हो।

Lagu 1मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो। २०६३ सालको तुलनामा यो झन्डै ४५ हजारले बृद्धि भएको हो । कार्यक्रमका प्रमुख अतिथि सहरी विकासमन्त्री प्रभु साहले लागुऔषध नियन्त्रणका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्नेमा जोड दिदैं लागुऔषध नियन्त्रण गर्ने कार्य गृह मन्त्रालय र सुरक्षा निकायबाट मात्र सम्भव नभएको भन्दै यसका लागि सबै लाग्नुपर्ने बताएका छन्।

Lagu 4उत्पादन र ओसारपसारलाई नियन्त्रण गर्नसके मात्र लागुऔषध नियन्त्रण हुन सक्ने मन्त्री साहको भनाई रहेको छ। गृहसचिव लोकदर्शन रेग्मीले विश्वमा लागुऔषध प्रयोगका कारण ठूलाठूला घटना घटेको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले महत्वपूर्ण भूमिका खेलिरहेको खुलासा गरेका छन्।

गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले विश्वमा ३० करोड जनसङ्ख्या अवैध लागुपदार्थ प्रयोगकर्ता रहेको बताउँदै लागुऔषध प्रयोग गर्नेमध्ये धरैजसो व्यक्ति स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रसित भएको भनेका छन्। गृह मन्त्रालयले दिएको जानकारी अनुसार, सन् २०११ देखि २०१६ सम्म लागुऔषध प्रयोग गरी जेलपर्नेको सङ्ख्या १५ हजार ४९३ पुगेको छ।

Lagu 2यसअघि लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सचेतना जगाउने उद्देश्यले रत्नपार्कबाट बाजागाजासहित निस्केको पदयात्रा असन, जमल, दरबारमार्ग हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर सम्पन्न भएको थियो। सो पदयात्रामा नेपाल सरकार गृह मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलगायत प्रहरी अधिकृत तथा विभिन्न विद्यालयका विद्यार्थीलगायतका सहभागिता रहेको जानकारी पूर्वप्रहरी तथा प्रसिद्ध मेकअप आर्टिष्ट सुन कुमार अवालले भिजन संसारलाई बताएका छन्।

Lagu 3अवालका अनुसार, लागुऔषध दुव्र्यसनको विश्वस्तरीय उपचार तथा पुनःस्थापनाको लागि दक्षिण एसियाकै एकमात्र नार्कोनन् उपचार केन्द्र बुढानिलकण्ठ स्थित नार्कोनन् नेपालमा पनि लागुऔषध विरुद्धको चेतनामूलक कार्यक्रम भएको थियो। कार्यक्रम नार्कोनन् नेपालका सल्लाहकार तथा पूर्व प्रहरी बरिष्ठ उपरीक्षक बसन्तराज कुँवरको प्रमुख आतिथ्य तथा प्रशिक्षणमा भएको हो।

Lagu 5प्रकाशन मिति–२०७४ साल असार १२ गते सोमवार ।