Imadol Duban 1काठमाडौ। काठमाडौ उपत्यकामा विना पूर्वाधार शहरी विकास तिव्र रुपमा हुंदा विभिन्न समस्या उत्पन्न भएको छ। विशेषत असारको मनसुनी बर्षाले काठमाडौ वरपरका बस्तीहरु प्राय डुवानमा पर्दैआएको छ।

Imadol Duban 5शहरीकरणको नाममा आवश्यक ढल–निकासको उचित व्यवस्थापन नगरिकन बस्ती बसाल्ने तथा खेतीयोग्य जमिनमा घर बनाउने व्यापक परम्पराले गर्दा बस्तीहरु आकाशे पानीको डुबानमा पर्दैआएको छ। यस क्रममा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका अन्तर्गतको इमाडोल वरपरको बस्ती दुई दिनको असारे पानीले गर्दा डुबानमा परेको छ।

Imadol Duban 2जसले गर्दा इमाडोलका स्थानीय जनताका घरबस्तीमा असारे पानीको भेल पसेर हैरान पारेको छ। डुवानमा परेको इमाडोलका कतिपय घरवाट वाहिर निस्कन समेत समस्या परेको स्थानीय सुनिता कायस्थको गुनासो रहेको छ। कायस्थले नगरपालिकाले उचित ढल–निकासको प्रवन्ध समयमा नै नगरेको कारण हरेक बर्ष यस्तो समस्या आइरहेको र यसतर्फ अव उप्रान्त तत्काल यस बारेमा समाधानको मार्ग पहिल्याउन पनि स्थानीय निकायलाई अनुरोध गरेकी छन्।Imadol Duban 3बस्तीभित्र पसेको पानीले गर्दा इमाडोलवासीलाई दुई दिन यता निक्कै नै समस्या भएको छ। यस्ता समस्याले गर्दा बस्तीमा विभिन्न रोगव्याधीको प्रकोप बढ्ने डर पनि हुन पुगेको छ। जसले गर्दा सवै चिन्तित देखिएका छन्।

Imadol Duban 1प्रकाशन मिति–२०७४ साल असार १३ गते मंगलवार ।