काठमाडौं। अमेरिकामा रहेका नेपालीहरुलाई गत बर्ष कोरोना कहरमा न्यूयोर्कमा निक्कै सक्रिय रहेका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको यो बर्ष नेपालमा निक्कै सक्रियता बढे्को छ। नेपालमा कोरोना महामारीको दोश्रो चरणको वर्तमान विषम परिस्थितिमा स्वास्थ्य सामाग्री लगायतका राहत दिने कार्यमा केन्द्रिय अध्यक्ष लामाको सक्रियता बढे्को हो।

बैशाख १६ गते लकडाउन हुनु दशदिन अघि मात्र अमेरिकावाट नेपाल आएका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले विभिन्न संघ–संस्थाको सहयोगा तथा सौजन्यमा राहत सहयोग वितरण गर्ने कार्यमा अग्रता दिदैआएका छन्। आज बुधवार पनि कीर्तिपुर नगर क्षेत्रमा सहयोग वितरण गर्ने कार्य भएको छ। कीर्तिपुर नगरपालिका वडा नंबर ५ र ८ ले निर्माण गरेको आइसोलेसन सेन्टरलाई नगद सहयोग गर्ने कार्य पनि भएको छ।

अमेरिकामा समेत सामाजिक अभियन्ताको रुपमा ख्याति कमाएका पदमलाल महर्जन र कमला महर्जनको सहयोग कार्यक्रममा विशेष सहभागिता रहेको थियो। साथमा विक्रमजंग शाह, राधा मताङ्गी लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरुको पनि सहभागिता रहेको केन्द्रिय अध्यक्ष लामाले भिजन संसार डटकमलाई वताए ।

प्रकाशन मिति–२०७८ साल बैशाख २९ गते बुधवार ।