काठमाडौं। हिमाल आरोहण गर्ने मौसम शुरु भएको छ। नेपालका ३० वटा हिमाल आरोहण गर्न ४७ वटा देशका ओराहीहरु नेपाल आइपुगेका छन् । पर्यटन विभागका अनुसार यी मुलुुकबाट हिमाल आरोहणकै लागि ३ सय ६५ जना आइपुगेका हुन।

यसपटक सबैभन्दा धेरै भारतबाट ७७, संयुक्त राज्य अमेरिकाबाट ७५, चीनबाट ६०, बेलायतबाट ४३ लगायत छन्। नेपालबाट आरोहण गर्ने नेपालीहरु भने १३ जना छन्। यी हिमालकालागि ४१ वटा आरोहण दलले विभागबाट अनुमति लिएका छन्। जसमा ३५ वटा आरोहण दल विदेशीका छन्। ४७ मुलुकबाट नेपाल आएका ३ सय ६५ आरोहीमध्ये ७० जना महिला छन्।

३० वटा हिमालमा नेपालीसहित ८ सय ४२ जना आरोहण गर्दैछन्। सबैभन्दा धेरै विश्वकै अग्लो चुचुरो सगरमाथा आरोहकालागि अनुमति लिएका छन्। शुक्रबारसम्म ३ सय ६५ विदेशी र १३ नेपालीले यस सिजनमा सगरमाथा आरोहण गर्ने अनुमति लिएका छन्।

यसबाहेक विश्वकै सर्वाधिक अग्लोमध्ये तेस्रो स्थानमा पर्ने कंचनजंघामा ३२, चौथो स्थानमा पर्ने ल्होत्सेकालागि ९२, पाचौं अग्लो मकालुका लागि ५३, आमादब्लमका लागि ४९, नुब्चेका लागि ३७, अन्नपूर्ण पहिलोका लागि २३, धौलागिरीका लागि ३ विदेशी आरोहण गर्दै छन्।


प्रकाशन मिति–२०७६ साल बैशाख २३ गते सोमवार ।