Japan Narita Airportकाठमाडौ। विदेशमा मैत्रीपूर्ण खेलका नाममा अझैपनि खेलाडीका नाममा गैरखेलाडीलाई लगेर मानव तस्कर गर्ने क्रम अझै रोकिएको छैन्। खेलाडीका नाममा गैरखेलाडीलाई विदेश लगेर उनीहरुलाई त्यहाँको विमानस्थलवाट बाहिर ल्याएर बेपता बनाएर मोटो रकम कमाउनेहरुको कमी देखिदैन। जसले गर्दा राष्ट्रिय खेलाडी र नेपालको नै बेइज्जत हुन थालेको छ।

यसक्रममा यसैहप्ता नेपालवाट जापानमा मैत्रीपूर्ण क्रिकेट खेल्न गएका गैरखेलाडी मध्ये आधाभन्दा बढी टोकियो विमानस्थलवाटै गायब बनेको खुलासा भएको छ। नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका थिए।

Japan Narita Airport.1

जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये दुई जना मात्रै साथमा थिए। बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाटै अन्यत्र लागेको स्वदेश फर्किएका खेलाडीहरूले बताएका छन्। जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जवाफमा समेतच गैर खेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ११ गते शनिवार ।