काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार आजवाट शुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात तिहारको पहिलो दिन यमराजको दूत कागको आज पूजा गर्ने काग तिहार परेको छ।

आज काग तिहारको दिन पर्यावरणीय सन्तुलन पार्ने कार्यमा अहंम भूमिका निर्वाह गर्ने यमराजको दूत समेत मानिएको कागको विहानै मिठा–मिठा खानेकुरा खुवाएर काग तिहार मनाउने कार्य भएको हो।

विहानै घरको आँगनीमा काग कराउन आएमा पाहुना आउने तथा शुभ समाचार आउने लगायत कुराको विश्वास परापूर्वकालदेखि चल्दैआएको छ। यसकारण पनि बर्षमा एकपल्ट भएपनि काग तिहारको दिन कागको पूजाआजा गर्ने गरिन्छ।
प्रकाशन मिति–२०७७ साल कात्तिक २८ गते शुक्रवार ।