काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको टीकाको दोस्रो दिन आज मंगलबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने कार्य भएको छ।

विजया दशमीका दिन परिवारमा टीका लगाई कोजाग्रत पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने नेपाली परम्परा छ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म नवदुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजया दशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ।


प्रकाशन मिति–२०७७ साल कात्तिक ११ गते मंगलवार ।