Food Festival 1काठमाडौ। मनास्लु तथा लोत्से हिमाल आरोहणको डाइमण्ड जुवलीको अवसर पारेर यही मे महिनाको ९ तारिखवाट १६ तारिखसम्म विशेष खाना महोत्सव हुने भएको छ।

नेपालको हिमाल देखि तराईसम्म र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका खानालाई प्रवद्र्धन गर्ने उदेश्यले खाना महोत्सव गरिन लागेको होटल सांग्रिलाका चिफ एक्जुकेटिभ सेफ महेशराज ढकालले बताएका छन्।

Food Festivalक्याम्पियन फर ग्यास्ट्रोनोमी टुरिज्म इन नेपाल लगायत लेट्स टक अवाउट नेपलिज फुड नारासहित मनाउन गैरहेको उक्त खाना महोत्सवको आयोजना स्नेहा ट्राभल्स, मिडिया नेपाल र हस्पिटालिटी फाउण्डेसन अफ नेपालले संयुक्त रुपमा गर्न लागेको पनि ढकाल बताउंछन्। काठमाडौको कमलपोखरी स्थित वरोसा लाउजमा हुने उक्त खाना महोत्सव हुने भएको छ।

प्रकाशन मिति–२०७३ साल बैशाख २३ गते विहीवार ।