Safe Association 1काठमाडौ। तारे होटलहरुमा कार्यरत सेफहरुको संघ सेफस एशोसियसन अफ नेपालको २१ औ बार्षिक उत्सव समारोह संपन्न भएको छ।

संघको केन्द्रिय कार्यालय रानीवारी स्थित भवनको प्रांगणमा आयोजित कार्यक्रममा काठमाडौमा रहेका सयौ सेफहरुको विशेष सहभागिता तथा उपस्थिति रहेको थियो। संघका बर्तमान अध्यक्ष गोविन्द नरसिंह केसीको अध्यक्षतामा संपन्न कार्यक्रममा कुकिङ्ग तालिममा उत्कृष्टता प्राप्त गर्ने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।

Safe Association 2

कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापामगरको प्रमुख आतिथ्य र होटल सांग्रिलाका चिफ एक्जुकेटिभ सेफ महेशराज ढकाल लगायतकाको आतिथ्यमा भएको कार्यक्रममा संघका उपाध्यक्ष सुरेशचन्द्र बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए। मन्तव्य व्यक्त गर्ने अधिकांश बक्ताहरुले नेपालभर रहेका सेफहरुको हक, हित र अधिकारका बारेमा बोलेका थिए।
प्रकाशन मिति–२०७३ साल बैशाख २३ गते विहीवार ।