Late King Birendra Bir Bikram Shah
Late King Birendra Bir Bikram Shah

काठमाडौ। नेपाली जनताका अत्यन्त प्यारा स्वर्गिय राजा बीरेन्द्र बीर बिक्रम शाहको आज पुष १४ गते ७२ औं जन्म जयन्ती परेको छ। राजाको प्रत्यक्ष शासनकालमा राजा बीरेन्द्रको हरेक बर्षको पुष १४ गते धुमधामका साथ मनाउने गरिएको छ।

राजा बीरेन्द्रलाई अत्यन्त प्यार गर्ने नेपाली जनता आजको दिन राजा बीरेन्द्रलाई संझना गर्दैआएका छन्। वि.सं.२००२ साल पुष १४ गते जन्मेका राजा बीरेन्द्र शाहबंशीय राजाहरुको दशौं राजा हुन्। जसको वि.सं.२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा घटेको भयानक हत्याकाण्डमा मारिएको थियो।

Late King Birendra with Late Queen Aishwarya Shah
Late King Birendra with Late Queen Aishwarya Shah

राजा बीरेन्द्रको बंश नै नाश हुने गरेर भएको राजदरबार हत्याकाण्डको सही तथ्य अझै प्रकाशमा आउन सकेको छैन्। राजा बीरेन्द्रले नै वि.सं.२०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गरेका थिए। बहुदलीय व्यवस्थाका हिमायती राजा बीरेन्द्रले विश्वसामु नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव राखेर शान्तिवादी राजाको छवि बनाएका थिए। बीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिने गरेको छ।

प्रकाशन मिति–२०७३ साल पुष १४ गते विहीवार ।