काठमाडौ। नेपाली राजदूतावासको सहयोगमा माइति इण्डियाका संंस्थापक बालकृष्ण पाण्डेले भारतमा ८ जना नेपाली बालकको उद्धार गरेका छन् । भारतका बिभिन्न स्थानमा अलपत्र रहेका ८ नेपाली बालकको उद्धार गरेर नेपाल ल्याइएको छ।

बालकृष्णको २२ दिनको अथहक प्रयास पछि ती बालकलाई शुक्रबार नेपाल फर्काउन सफल भएको हो । शुक्रबार नेपालको ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्रालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएका ८ बालकहरुमा जनकपुरका शिब कुमार र अयर्मन, बाजुराका शंकर बिश्वकर्मा,गुल्मीका राकेश, रौतहटका राजकिशोर ,महोत्तरीका हसान र पहिचान तथा बिराटनगरका सन्तोष रहेका छन् ।

उद्धार गरिएका ती बालकलाई मन्त्रालयले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सिवीनलाई जिम्मा लगाइएको जानकारी पत्रकार राजु भट्टले भिजन संसारलाई बताएका छन्।प्रकाशन मिति–२०७५ साल जेठ १९ गते शनिवार ।