ललितपुर । विभिन्न क्याम्पसका प्रमुखहरुको भेट तथा सम्मान कार्यक्रम भएको छ। ज्यापु समाज यलको आयोजनामा ललितपुरको च्यासल भोल गणेस्थानस्थित ज्यापु प्रज्ञा–भवनमा आयोजित कार्यक्रममा सम्मान भएको हो।

ज्यापु समाजका विद्यार्थीहरुलाई विभिन्न क्याम्पसहरुले छात्रबृति प्रदान गरेर ज्यापु समाजलाई सहयोग गरेवापत क्याम्पस प्रमुखहरुलाई शुक्रबार आयोजित कार्यक्रममा सम्मानित गरिएको हो।

ज्यापु समाजल यलको शिक्षा तथा छात्रबृति उपसमितिका संयोजक सुरेन्द्र महर्जनको सभापतित्वमा भएको सम्मान कार्यक्रममा सम्मानित क्याम्पस प्रमुखहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल तथा ज्यापु समाज यलका अध्यक्ष प्रेम महर्जनले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए।

सम्मान कार्यक्रममा बोल्दै ज्यापु समाज यलका अध्यक्ष प्रेम महर्जनले ज्यापु समाज यलको रजत बर्षको अवसरमा यो बर्ष समाजले ललितपुरमा १ सय १० शैयाको बृद्धाश्रम निर्माण संपन्न गर्न लागेको खुलासा गरेका छन्। अध्यक्ष महर्जनले ज्यापु समाज यल भाषा, कला–संस्कृति, मूर्त–अमूर्त सम्प्रदाको संरक्षण र जगेर्नामा बर्षौ बर्ष देखि लाग्दैआएको संस्था भएको बताए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल लगायतले ज्यापु समाज यलको योगदानको दिल खोलेर चर्चा गरेका थिए।


प्रकाशन मिति–२०७५ साल जेठ १८ गते शुक्रबार ।