काठमाडौं। आगो बाल्ने गीत गाउदै आएका नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेल इजिप्टको राजधानी कायरोमा अवार्डेट बनेका छन्। विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा थुप्रै सफल कार्यक्रमहरु आयोजना गरि एक सफल ईभेन्ट आयोजकको रुपमा ख्याती कमाएको World Wide Media Network को आयोजनामा आयोजित तेश्रो ग्लोवल ईन्टरनेशनल अवार्डमा गायक पोखरेल अवार्डेट बनेको हो।

मानव सभ्यताको उदगम स्थल ईजिप्टको कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न तेश्रो ग्लोवल ईन्टरनेशनल अवार्डमा गायक पोखरेलको यो बर्षको सुपरहिट गीत काँडा उम्रियोका लागि सर्वोत्कृष्ट गायनको उक्त अवार्ड प्रदान गरिएको हो। ईजिप्टका लागि नेपाली राजदुत सुशील कुमार लम्सालको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा गायक पोखरेललाई उक्त गौरबशाली अवार्ड प्रदान गरिएको आयोजक World Wide Media Network का अध्यक्ष तथा महाप्रवन्धक एवम् प्रतिष्ठित गायक रामकृष्ण श्रेष्ठले बताएका छन्।

गायक पोखरेलका साथमा नेपालवाट विभिन्न विधामा छनौट भई सम्मान सहितको अवार्ड प्राप्त गर्नेहरुमा वरिष्ठ अधिवक्ता कलम वहादुर खत्री ,वरिष्ठ सौन्दर्यविद् मनिषा जिसी, युवा समाजसेवी एवं व्यबसायी अनिल नगरकोटी, साहित्यकार राधादेवी भण्डारी, स्वास्थ्य व्यबसायी गोपाल खड्का तथा समाजसेवी ममता खत्री, आधुनिक गीतका मोडल श्रीदेव भट्टराई , गीतकार सीताराम कोईराला र आधुनिक महिला गीतकार रिमा श्रेष्ठ, तामाङ सेलो (डेव्यु) जसपाल पाख्रिन तामाङ, संगीतकार रविन्द्र पौड्याल, म्यूजिक भिडियो निर्देशक सोनाम पाख्रिन,लोक पप विधाको मोडलब प्रकाश श्रेष्ठ तथा स्वास्थ्य व्यबसायी अनिल कुमार शर्मा रहेका थिए।

प्रकाशन मिति–२०७९ साल फागुन २१ गते आइतवार ।