इजरायल । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसोसिएसन इजरायल वीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान शाक्यको संयोजनमा उक्त संझौता भएको हो।

नेपाल र इजरायलको साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदान गर्ने संवन्धमा संझौता भएको जनाइएको छ। सम्झौता समारोहमा हिब्रु राइटर्स एसोसिएसनका पदाधिकारीहरू, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्व इजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो।

नेपालका तर्फबाट इजरायल भ्रमणमा रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र हिब्रु राइटर्स एसोसिएसनका तर्फबाट भाइस प्रेसिडेन्ट अजमौन एनिभले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

त्यसैगरेर, इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान शाक्यलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रोफाइल र विभिन्न समयका प्रज्ञा गतिविधिहरू हस्तान्तरण गरेका थिए।

राजदूत डाक्टर शाक्यका विविध क्षेत्रका योजनाहरू इजरायल भ्रमणमा रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका टोलीलाई सुनाउंदा सवैले व्यापक प्रशंशा गरेका थिए।
प्रकाशन मिति–२०७६ साल माघ ८ गते बुधवार ।