काठमाडौं। नेपाल अडिटर्स एशोसिएसन (अडान)को शनिवार बसेको केन्द्रीय समितिको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौं परिषदको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको छ।

निर्वाचनलाइ ब्यवस्थित गर्न रजिष्टर्ड अडिटर्सहरुको तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, उपमहासचिब भोलानाथ पाठक, सचिवशंकर ज्ञवाली र गण्डकी प्रदेश समितिका अध्यक्ष केश बहादुर केसीलाई सर्वसम्मत उम्मेदवारको रुपमा घोषणा गरेर निर्वाचनका लागि सिफारिस गरेको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौं परिषदको निर्वाचनमा सिफारिस गरेका अडानका ४ जना उम्मेदवारहरुलाई विजयी गराउनका लागि बरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेलको संयोजकत्वमा सबै केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश तथा जिल्लाका पदाधिकारी एवं सदस्यहरु समेत रहेको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन समेत गरेको अडानका उपाध्यक्ष एवम् प्रचार प्रसार समिति संयोजक डोल प्रसाद दाहालव्दारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख रहेको छ।
प्रकाशन मिति–२०७८ साल बैशाख ५ गते आइतवार ।