–कोमल मल्ल

काठमाडौ। नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरको नियमित दोस्रो साधारण सभा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। रत्न पुस्तक भण्डार ,बागबजारको सभा हलमा नेपाल च्याप्टरका सभापति वरिष्ठ साहित्यकार इल्या भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

सभालाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले परिषदका अध्यक्ष इल्या भट्टराईबाट लिखित नियात्रा पुस्तकको लोकार्पण गरेका थिए। देश देखि विदेशसम्म नेपाली साहित्यको आकाश फराकिलो बनाउनमा नेपाली साहित्य विकास परिषदको एेतिहासिक योगदान रहेको प्रमुख अतिथि डा.विष्णुविभु घिमिरेले आफ्नो मन्तव्यमा भनेका छन्। नियात्रा लेखनमा लेखक ईल्या भट्टराईको कलम सशक्त रहेको समेत डा.घिमिरेको दावी रहेको छ।

उक्त कार्यक्रममा वरिष्ठ कवि गोपाल पराजुलीबाट स्वागत मन्तव्य,परिषदको प्रतिवेदन महासचिव रेडियो पत्रकार हरिशरण लामिछानेबाट प्रस्तुत भएको थियो। कार्यक्रम सन्चालन डा.रेणुका थापा सोलुले गरेकी थिइन्। कार्यक्रममा परिषदका सल्लाहाकार प्रा.डा.गोविन्दराज भट्टराई,सत्य निरूपण आयोगका माननीय सदस्य माधवी भट्ट,युवा समालोचक महेश पौड्याल, डा.प्रभा कैनी आदि वरिष्ठ व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा लब्ध प्रतिष्ठित ब्यक्तित्वहरू प्र.।डा.देवीप्रसाद सुवेदी, गोबिन्द प्रसाद श्रेष्ठ,निमा वाङ्गेल लामा, प्रा.डा ज्ञानु पाण्डे, साहित्यकार ध्रुब सापकोटा,चन्द्रप्रसाद भट्टराइ, पवन आलोक, मुकुन्द न्यौपाने, तारा केसी,प्रभा भट्टरार्इ, रुद्रअधिकारी,कवि दीपेन्द्रसिंह थापा, इ.दीपक भट्टराई लगायतको उपस्थिति थियो। सन् १९९५(२०५१ बिसं)मा बेलायतमा साहित्यकार सुरेशजंग शाहबाट स्थापना गरिएको नेपाली साहित्य विकास परिषद यूकेको नेपाल च्याप्टर नेपालमा विसं.२०७३ मा खोलिएको थियो।
प्रकाशन मिति–२०७५ साल साउन १९ गते शनिवार ।