ललितपुर। पहिचान भनेको अत्यन्त आवश्यक र महत्वपूर्ण कुरा हो। पहिचानले नै कालान्तरसम्म गौरबताको परिचय कायम गर्न मदत गर्ने गर्दछ। यो कुरा बर्तमान समयमा आएर अझ आवश्यकता र महत्वको विषय भएको किटान गरिएको छ।

नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा ललितपुरको ताम्राकार समाजमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले पहिचानकै विषयमा बहस गरे। विभिन्न दलको खोल ओढेर नेपालमा राजनीति गर्ने राजनीतिक दलका नेताहरुले पहिचानको विषयमा नेपाली जनताहरुलाई लालीपप देखाएर लोप्पा खुवाएको कतिपय घटना तथा यथार्थ सवैको सामुन्ने रहेको उनीहरुले दावी नै गरे।

कार्यक्रममा पहिचानको विषयमा एमफिल नै गरेका अध्येयता उपेश महर्जनले विश्वमै पहिचानको आन्दोलनको फेरिहस्त प्रस्तुत गर्ने कार्य भयो। अध्येयता महर्जनले अमेरिका जस्तो विश्वकै अत्यन्त बैभवशाली मुलुकमा समेत त्यहाँको पचास राज्यमध्ये २७ राज्य पहिचानकै लडाईमा रहेको आश्चर्यजनक यथार्थता खुलासा गरेका थिए।

आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जन, सुरजवीर बज्राचार्य, सुनिल महर्जन, नृपेन्द्रलाल श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ,राजेश बज्राचार्य लगायतले पहिचानकै विषयमा ३ नंबर प्रदेशका जनतालाई अलमल्याउने कार्य केन्द्र तथा राज्य सरकारवाट भैरहेको तथा झुक्याएर प्रदेशको नामांकरण पहिचान बेगरको राख्ने कोशिश गरिरहेकोले खवरदारी गर्न आवश्यक भएको सुल्झाए।


प्रकाशन मिति–२०७५ साल साउन १८ गते शुक्रबार ।