काठमाडौ। नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेको छ। निरौलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो।

गृह मन्त्रालयले बनाएको छानविन समितिको निर्देशनपछि पक्राउ गरिएको प्रहरी उच्च स्रोतको भनाइ छ। यस घटनामा जोडिएका करिब ३० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। निरौला गत २९ चैतमा अवकाश पाएका प्रहरी अधिकृत हुन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका थिए। गत ७ माघमा यूएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो।
प्रकाशन मिति–२०७५ साल बैशाख ९ गते आइतवार ।