Anjan Book 1

काठमाडौ। नेपाल र भारत वीचको सदियौ पुरानो न्यानो संवन्ध तथा यस संवन्धमा आउने गरेको उतार–चढावका बारेमा विज्ञहरुको लेखन रहेको गत्तिलो पुस्तक विहीवार लोकार्पण भएको छ।

काठमाडौको जमल स्थित नेपाल चेम्बर अफ कमर्सको सभा हलमा आयोजित कार्यक्रममा नेपाल–इण्डिया रिलेसन्स् नामक पुस्तकको लोकार्पण भएको हो। अन्तरराष्ट्रिय सरोकार केन्द्रको आयोजनामा भएको कार्यक्रममा नेपालको व्यवस्थापिका संसदका पूर्वसभामुख तथा अपोजिसन पार्टी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले पुस्तकको लोकार्पण गरेका हुन्।

Anjan Book 3लोकार्पण समारोहमा पुस्तक बारेमा विवेचना गर्दै नेता नेम्वाङ्गले नेपाल र भारतवीचको मैत्रीपूर्ण संवन्धमा बेलाबखतमा उतारचढाव आएपनि दुई असल छिमेकीका रुपमा एकले अर्कालाई सम्मान गर्दै दुवै देशले साझा हितका लागि मिलेर काम गर्नुको विकल्प नरहेको स्पष्ट पारे।

यति राम्रो सुमधुर संवन्धमा छिमेकी भारतले गत बर्षको असोज ३ गते नेपालमा नयाँ संविधान जारी घोषणा हुनासाथ अघोषित रुपमा नाकाबन्दी गरिनु हालसम्म आफूले बुझ्न नसकेको कुरा भन्न चुकेनन्।

नेपालको संविधानको बारेमा नेपाली जनताले बोल्ने र भन्ने हो–छिमेकीले बोल्ने होइन भनेर खवरदारी गर्ने कार्य पनि नेता नेम्वाङ्गवाट भएको छ। सार्वभौम समानताको आधारमा छिमेकीसंग मित्रता चाहन्छौ भन्दै आफूहरु भारत र चीन विरोधी नभएको नेम्वाङ्गले भनेका छन्।

Anjan Book 2

कार्यक्रममा नेपालका सीमाविद बुद्धिनारायण श्रेष्ठले लोकार्पित पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका लेख, विचार, दृष्टिकोणहरु नेपाल र भारतको संवन्धमा विविध विषयमा जान्न चाहनेहरुका लागि महत्वपूर्ण सामग्री बन्न सक्ने बताएका छन्।

अन्तरराष्ट्रिय सरोकार केन्द्रका अध्यक्ष तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक डा.अञ्जान शाक्यको सभापतित्वमा भएको कार्यक्रममा डा.शाक्यले नेपाल र भारतवीचको संवन्ध बढाउन र बास्तविक रुपमा संवन्ध कसरी अगाडि बढिरहेको छ र बढ्नुपर्छ भन्ने विषयमा पुस्तकका लेखहरु केन्द्रित रहेको बताएकी छन्।

अन्तरराष्ट्रिय सरोकार केन्द्रका सदस्य तथा पोल्याण्डका लागि नेपालको अवैतनिक महाबाणिज्यदूत लोकमान्य गोल्छाले धन्यवाद ज्ञापन गर्दै नेपाल र भारत वीचको संवन्धलाई प्रगाढ बनाउन पुस्तकले अझ भूमिका खेल्ने बताए।

अंग्रेजी भाषामा माधवी श्रेष्ठ र डा.अञ्जान शाक्यको संयुक्त सम्पादन रहेको पुस्तकमा नेपालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, प्रमुख दलका शीर्ष नेताहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, पूर्वराजदूतहरु र परराष्ट्रविदहरु गरी २५ जनाका लेख, विचार तथा दृष्टिकोणलाई संग्रहित गरिएको छ।

Anjan Book 4

प्रकाशन मिति–२०७३ साल माघ ६ गते विहीवार ।