Donald Trump 2काठमाडौ। विश्वको शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आज शुक्रबारवाट अमेरिका हाँक्ने भएका छन्। आजै ट्रम्पले पद तथा गोपनियताको सपथ लिदैछन्। ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनेछन्।

शपथका लागि भव्य तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन ट्रम्प निर्वाचित भएका थिए। शपथ ग्रहण समारोहका लागि ट्रम्प ह्वाइट हाउस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ।

Donald Trump 1

आजैदेखि राष्ट्रपति बाराक ओबामाको कार्यकाल पूरा हुँदैछ। ट्रम्प सामु विभाजित देशलाई एकताबद्ध बनाएर लैजाने चुनौती छ। चुनावी अभियानदेखि नै महिलामाथिको प्रतिक्रिया तथा विभिन्न यौनदुव्र्यवहारका आरोप तथा भिडियोका कारण ट्रम्प आलोचनको घेरामा छन्।

ट्रम्पले महिलाप्रति व्यक्त गर्ने विचार अपमानजनक भएको भन्दै धेरै आलोचना गर्ने गरेका छन्। रिपब्लिकन पार्टीभित्रकै धेरै नेता पनि ट्रम्पको व्यवहारबाट खुशी छैनन्। विभिन्न विषयमा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने विचारका कारण पनि ट्रम्पको आलोचना हुने गरेको छ।

चुनावका बेला रुसले गरेको ह्याकिङ र ट्रम्पलाई सहयोग गर्न चाहेको भन्ने गुप्तचर विभागको प्रतिवेदनका कारण पनि ट्रम्प आलोचनाको घेरामा छन्। विश्लेषकले अमेरिका इतिहासकै विभाजित अवस्थामा रहेको बताएका छन् । विभाजित देशलाई एक बनाएर लैजानु ट्रम्पको चुनौती हो। ट्रम्पले भने देश चुनावी अभियानभन्दा पहिलेदेखि नै विभाजित रहेको बताएका छन् । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल माघ ७ गते विहीवार । जनवरी २०, २०१७