काठमाडौं। नेपालको मौलिक संवत नेपाल संवत नयाँ बर्ष ११४२ को अवसरमा निःशुल्क रुपमा बृहत म्हःपूजा अर्थात मौलिक परम्परागत शरीर पूजा गरिने भएको छ। बसन्तपुरको सिन्हं स्वाँ खलःको आयोजनामा पहिलोपल्ट बसन्तपुर डबली परिसरमा म्हःपूजा हुन लागेको हो।

कात्तिक १९ गते नेपाल संवत नयाँ बर्ष ११४२ शुभारम्भ भएको दिन म्हःपूजा बृहत कार्यक्रम राखेर यस पूजाको महत्व र आवश्यकताको वारेमा जानकारी दिने आयोजक सिन्हं स्वाँ खलःका संरक्षक मनोज नेवाःखड्गीले वताएका छन्।

त्यस्तै, न्हूंदया भिन्तुना मोटरसाइकल र्याली पनि गरिने र त्यसमा पनि कुनैपनि प्रकारको शुल्क नलिइने जानकारी पनि संरक्षक खड्गीले दिएका छन्। मौलिक नेवार परम्पराको परिचय म्हःपूजामा अमेरिका, जर्मनका राजदूतका अलावा कलाकारहरुको पनि सहभागिता हुने जनाइएको छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक १६ गते मंगलवार ।