काठमाडौं। नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा अग्रस्थानमा ल्याउन सफलता पाएको छ।

सागको उदघाटन भएको भोलिपल्ट नै सोमवार मात्र नेपालले १५ वटा स्वर्णपदक अर्थात गोल्डमेडल जितेर इतिहास कायम गरेको छ। नेपालले करातेमा ७ र तेक्वान्दोमा ७ तथा ट्रायथलनमा एक स्वर्णपदक गरेर १५ वटा स्वर्णपदक जितेको हो।

नेपालले तीनओटा रजतपदक पनि हासिल गरेको छ। नेपालपछिको पदक तालिकामा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश देखिएको छ। भारतले ट्रायथलन र तेक्वान्दोमा गरी ३, श्रीलंकाले ३, पाकिस्तान र बंगलादेशले एक–एक स्वर्णपदक जितेका छन् ।
प्रकाशन मिति–२०७६ साल मंसीर १६ गते सोमवार ।