काठमाडौं। नेपालभाषामा प्रकाशित हुंदैआएको अनलाइन डिजिटल पत्रिका नेवाः अनलाइन न्यूज डटकम प्रकाशनको पाँचौ बर्षमा प्रवेश गरेको छ। पाँचौ बर्षमा प्रवेश भएको अवसरमा नेवाः अनलाइन न्यूजले विशेष कार्यक्रम गरेर विभिन्न व्यक्ति–व्यक्तित्वहरुलाई सम्मान पनि गरेको छ।

काठमाडौंको नयाँ बजार लिंकरोड स्थित नेपा व्याँक्विटमा आयोजित कार्यक्रममा नेवाः अनलाइन न्यूजले प्रकाशनको पाँचौ बर्ष प्रवेशको उत्सव मनाउने कार्य भएको हो। सोही कार्यक्रममा नेवाः अनलाइन न्यूजकै सहप्रशारण नेवाः युट्युब च्यानल १ सय दिन पुगेको उत्सव मनाउने कार्य पनि भएको छ। त्यस कार्यक्रममा १ सय दिनमा १ हजारभन्दा बढी सबसक्राइबर पुगेको सगौरब उदघोष गर्ने कार्य पनि भयो।

प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर देखि अग्रज नेवाः पत्रकार तथा राजनीतिज्ञ मल्ल के सुन्दरसम्मले नेवाः अनलाइन न्यूजको प्रगति तथा उन्नति र आवश्यक अनि महत्वको वारेमा प्रकाश पारेका थिए। नेवाः अनलाइन न्यूजका प्रकाशक सुजीब बज्राचार्यको सभापतित्वमा कार्यक्रम भएको थियो भने, कार्यक्रम सञ्चालन नेवाः अनलाइन न्यूजकै सम्पादक ललेन्द्र शाक्यले गरेका थिए।


प्रकाशन मिति–२०७६ साल बैशाख २० गते शुक्रवार ।