ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई दिने व्यावसायिक पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तालिमका सहभागीहरुलाई  ललितपुरमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरेका छन्।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष तथा तालिम विभाग प्रमुख सुरजवीर बज्राचार्य, महासचिव सुनील महर्जन लगायतले नेपाली पत्रकारितालाई समावेशी बनाउन समाजका सबै पक्षको भूमिका रहेको बताउँदै तालिम सोही भूमिका बमोजिम केन्द्रित रहेको दावी सहित आ–आफ्ना मन्तव्य राखेका थिए।

तालिमको पहिलो दिन वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल टेलिभिजनका गजुरधन राई, इमेज न्यूज एफएमका सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको जानकारी आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूका नृपेन्द्रलाल श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्।

त्यसैगरेर, समापन समारोहको दिन शनिबार भएको तालिममा पत्रकारहरु केपी ढुंगाना र युवराज गौतमले अनलाइन पत्रकारिताबारे प्रशिक्षण दिएका थिए। आयोजक नेवाः पत्रकार राष्ट्रिय दबुका उपाध्यक्ष सुरजवीर बज्राचार्यको संयोजकत्वमा भएको सो तालिममा ४० जनाको सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७५ साल साउन १९ गते शनिवार ।