ललितपुर। दक्षिण एसियाका सामाजिक अभियन्तालाई अन्तर्राष्ट्रिय सम्मानका रूपमा एसिया अवार्ड प्रदान गर्दै आएको रुला अर्गनाइजेसनले मानवशास्त्रकी विद्यार्थी नेपाली युवा समाजसेवी सोनाली पुनमगरलाई यस वर्षको ‘एसियाज आउटस्ट्याडिङ योङ सोसल एक्टिभिस्ट २०२१’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ।

कोरोना महामारीको कारण लकडाउन भएको अवस्थामा ललितपुर महानगरपालिका वडा नंबर ५ महालक्ष्मीस्थानस्थित रिङ्गरोड ट्रयाकमा अस्थाई छाप्रो खडागरि संयुक्त फूड, कपडा तथा मास्क बैंकको स्थापना गरेर सामाजिक अभियान थालनी गरेकी दाङकी सोनाली पुनमगरलाई उक्त गरिमामय पुरस्कारव्दारा पुरस्कृत गरिने घोषणा भएको हो।

ललितपुरको नखिपोटमा डेरा गरेर बस्ने सोनाली पुन मगरले ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको सल्लाह तथा समन्वयमा सोनाली पुनमगरले फूड, कपडा तथा मास्क बैंक स्थापना गरेर सामाजिक महाअभियानमा होम्मिएकी थिइन्।

सामाजिक अभियन्ता सोनाली पुनमगर हाल त्रिभुवन युनिभर्सिटीमा मास्टर अफ आर्ट्स इन एन्थ्रोलोजी तेस्रो सेमेष्टरमा अध्ययनरत् उनी हरेक दिनजसो नखिपोटको डेरामा खानेकुरा आफैले तयार गरेर प्याकिङ गर्ने गर्छिन्।

आफूले कलेक्ट गरेका न्याना लुगा वोकेर नखिपोट, रत्नपार्क हुंदै पशुपतिसम्म स्कुटरवाट वोकेर भोका तथा न्याना लुगा नभएकाहरुले दिल खोलेर निःशुल्क वितरण गर्ने कार्य गर्नमा प्रत्येक दिनजसो उनी लागिरहेकी छन्।

यसैवीच नामी साप्ताहिकले पनि आफ्नो सामाजिक उत्तरदायित्वमय सम्मान शनिवार महालक्ष्मीस्थान मन्दिरमा प्रदान गरेको छ। नामी साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक नारायण राई, सम्पादक श्याम स्मृत र जिल्ला सम्पादक नारायण लिंखा देवानले संयुक्त रुपमा सोनाली पुन मगरको योगदानको कदर स्वरुप सम्मान प्रदान गरेका थिए।

प्रकाशन मिति–२०७७ साल मंसीर १९ गते शुक्रवार ।