काठमाडौ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाईन मिडियाहरुलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारले छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका छन् । न्यूज लाईन्स् मिडिया प्रा.लि.को प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तामाङले यो कुरा भनेका हुन।

मन्त्री तामाङले पछिल्लो समय नेपाली अनलाईन मिडियाहरुले पत्रकारिता भन्दा बढि अनुमानकारिता गरिरहेको आरोप लगाए । अनलाईनहरुलाई व्यवस्थित बनाउन र, सत्य र तथ्यमा आधारित न्यूज प्रकाशनको लागि हामी छिट्टै नयाँ निर्देशिका ल्याउने बताउंदै सरकारले प्रेस स्वतन्त्रतामाथि कुनैपनि अवरोध नगर्ने पनि बताए।

]न्यूज लाईन्स् मिडिया नेटवर्ककी निर्देशक रिता ढकाल भट्टको सभापतित्वमा कार्यक्रम भएको थियो। त्यस्तै पत्रकार महासंघका महासचिव रमेश बिष्टले स्थानीय तहदेखी केन्द्रसम्म प्रेसमैत्री ऐन-कानून निमार्ण गर्न कानूनमन्त्री तामाङ्लाई आग्रह गरेका छन्।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मुलुकमा भ्रष्टाचार हुनुमा पहिलो दोषी नेताहरु नै भएको आरोप लगाएका छन् । उनले भने,‘भ्रष्टाचार हुनुमा मुख्य दोषी नेताहरु नै हुन्, उहाँहरुले सुशासन कायम गर्न सक्नुभएन, यो दुःखदायी कुरा हो, अब त्यस्तो गलत काम नहोस्।’

 कार्यक्रममा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा पत्रकार रविन थपलिया, बुद्ध बर्न ईन नेपालका अभियन्ता अक्कल बहादुर तामाङ्, समाजसेवी जगतबहादुर तामाङ्, कामी नुर्पु तामाङ, जयकला बस्नेत, नाजिर हुसेन, विष्णुप्रसाद आचार्य र राजु लामा कुन्दन लगायत रहेका थिए।


प्रकाशन मिति–२०७५ साल बैशाख १९ गते बुधवार