काठमाडौ। सडकमा सिण्डिकेटलाई कायमै गरेर दादागिरी गर्न खाज्ने यातायात व्यवसायीहरुले थालेको सार्वजनिक यातायात बन्द आन्दोलनको प्रभाव शुक्रबार बिहान देशैभरि देखिएको छ।

शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ। काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन्।

गाडी नपाएर यात्रुहरु अलपत्र परेका छन्। सिन्डीकेट विरुद्ध लागेका साझा, अन्नपूर्ण, मयुर लगायतका यातायात व्यवसायीहरुले सडकमा गाडी गुडाउन थालेपछि यात्रुहरुलाई अलि सहज भएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २१ गते शुक्रवार ।