काठमाडौ। पंचायतकालमा बामपन्थी मसिहा नै मानिएका अत्यन्त चर्चित नेता पदमरत्न तुलाधरलाई बेवास्ता गरेको अवस्थामा पत्रकारितामा पदमरत्न तुलाधर विषयक विशेष विचार गोष्ठी भएको छ।

पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आहवानमा नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार उक्त गोष्ठीको आयोजना गरेको हो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता, भाषिक समानताका लागि समावेशी पत्रकारिता भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको जानकारी आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूका नृपेन्द्रलाल श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्।

बामपन्थी मसिहा पदमरत्न तुलाधरसंग सहकार्य गरेका परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वमन्त्री रघुजी पन्त, मल्ल के सुन्दर र नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले तुलाधरको पत्रकारितामा योगदानसंगै लोकतन्त्र, मानव अधिकार, राजनीतिमा पुर्याएको योगदानको विविध पक्षको चर्चा गरेका थिए।

सवैका प्रिय नेता तुलाधरको यही भदौं १६ गते हुने भिमरथारोहण हुने पनि भनिएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ २ गते शनिवार ।