काठमाडौं । पंचायत कालमा बामपन्थी मसिहा नै मानिएका वरिष्ठ मानवाधिकारवादी नेता पदमरत्न तुलाधरको तेस्रो पुण्यतिथिमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन भएको छ ।

काठमाडौंको शंखधर उद्यान (पुरानो रत्नपार्क) भित्र काठमाडौं महानगरपालिकाले स्थापना गरेको तुलाधरको प्रतिमामा माल्यार्पण गर्दै उक्त प्रतिष्ठान स्थापना भएको घोषणा भएको हो।

उक्त घोषणासभामा सम्बोधन गर्र्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पदमरत्न तुलाधरले आफ्नो स्वास्थ्यको पर्वाह नगरी देशको स्वास्थ्यप्रति बढी चिन्ता लिएकै कारणले तीन वर्ष अघि उनको असामयिक निधन भएको खुलासा गरेका छन्।

तुलाधरको स्मरणमा काठमाडौं महानगरपालिकाले शंखधर उद्यान भित्र उनको पूर्णकदको सालिक स्थापना गरेको बताउँदै मेयर शाक्यले पंचायत कालका बामपन्थी मसिहा तुलाधर राष्ट्रिय नेता भएको जिकिर गरे । उनकै पछि लागेर आफूहरु पनि राष्ट्रियता, समानता र समावेशिताको आन्दोलनमा सहभागी भएको मेयर शाक्यले बताए।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक जनकवि दुर्गालाल श्रेष्ठ, संघीय व्यवस्था मन्त्री राजेन्द्र श्रेष्ठ, डा. ओम गुरुङ, नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठ, मल्ल के. सुन्दर, स्वर्गीय पदमरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधर लगायतले पदमरत्नको योगदानको बारेमा दिल खोलेर चर्चा गरेका थिए।

प्रकाशन मिति–२०७८ साल कात्तिक १६ गते मंगलवार ।