पाटन । नेपाल पर्यटन वर्ष २०२० शीर्षकमा काठमाडौं उपत्यकाव्यापी बृहत चित्रकला संपन्न भएको छ। ललितपुरको ग्वार्कोस्थित आदर्श विद्या सदन स्कुलमा बृहत चित्रकला प्रतियोगिता संपन्न भएको हो।

योङ पिकासो र आदर्शन विद्या सदनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ३० वटा संस्थागत तथा सामुदायिक विद्यालयका १ सय ४५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए। अरनिको साँस्कृतिक तथा व्यापार प्रवर्धन संघका अध्यक्ष अजरमान जोशीको प्रमुख आतिथ्यता तथा आयोजक विद्यालयका प्राचार्य दीपकराज जोशीले कार्यक्रमको आवश्यकता तथा महत्वका वारेमा प्रकाश पारेका थिए।

उक्त प्रतियोगितामा सिनियर तर्फ व्हाइट फिल्ड विद्यालयका स्वस्तीक बैद्य–प्रथम, रिजेन्ट रेसिडेन्टियल विद्यालयकी रुक्सना सापकोटा –द्वितीय तथा वेस्ट विङविद्यालयका पारस आले मगर – तृतीय भए । त्यसै गरी जुनियर तर्फ ब्राइट फ्युचर विद्यालयकी दीपिका ताजपुरिया –प्रथम, गौरीशंकर विद्यालयका सचिन थापा–द्वितीय तथा पवन प्रकृति विद्यालयकी लनी लामा–तृतीय भएका छन् । प्रतियोगिताको निर्णायकको रुपमा आर्टिस्ट किशोर नकर्मी, तथा बालकिशोर चौधरीले निभाएका थिए।
प्रकाशन मिति–२०७६ साल पुस ८ गते मंगलवार ।