Prachandकाठमाडौ। आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा पहिलो पल्ट मतदान गर्ने भएको छ। 

दाहालले वैशाख ३१ गते चितवनको भरतपुर महानरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर रुख चिन्हमा मतदान गर्ने पक्का भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुकभरका कार्यकर्तालाई गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्हमा मतदान गरी आफनो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गर्दै आएको भएतापनि चितवनमा भने आफै नेपाली कांग्रेसको रुखमा मतदान गर्ने भएका छन्।

Nepali Congress' Treeभरतपुरमहानगरपालिकाको मेयर पदकी प्रत्यासी आफ्नै छोरी रेणु दाहालको पक्षमा मतदान गर्न जाँदा अध्यक्ष प्रचण्डले रुख चिन्हमा मतदान गर्ने भएका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा कार्यान्वयनका लागि पठाएको पत्रमा वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि तालमेल भएको छ।

तालमेल अनुसार भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस र माओवादीबीच समझदारी भए अनुसार भरतपुर महानरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई कांग्रेसले समर्थन गर्ने र उपमेयर पदमा कांग्रेसकी प्रत्यासी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गर्ने भएको छ। सोही तालमेल अनुसार अध्यक्ष दाहालले रुखमा मतदान गर्ने भएका हुन्।
प्रकाशन मिति–२०७४ साल बैशाख २८ गते विहीवार ।