काठमाडौं। काठमाडौंको गौरब तथा शानको प्रतिक काष्ठमण्डप ८ रेक्टर स्केलको भूकम्प आएपनि केही नहुने भएको छ। ८ रेक्टर स्केलको भूकम्पलाई थेग्न सक्ने गरेर काष्ठमण्डपको पूर्नरनिर्माण भैरहेको जिकिर तथा दावी काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक समेत रहेको ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले गरेका छन्।

सांसद शाक्यका अनुसार, काष्ठमण्डपको पूर्नरनिर्माण गर्दा परम्परागत शैली र ढाँचामा कुनैप्रकारका कंक्रिट संरचना प्रयोग नगरिकन अत्यन्त बैज्ञानिक ढंगवाट भैरहेको छ। जसवाट ८ रेक्टर स्केलको भूकम्पलाई थेग्ने परम्परागत चुकुल संरचनाको प्रयोग भएको जानकारी सांसद शाक्यले भिजन संसार डटकमलाई दिएका छन्।

काष्ठमण्डप पूर्नरनिर्माणको ६५ प्रतिशतभन्दा बढी संरचना तयार भैसकेको पनि सांसद शाक्यले भनेका छन्। काष्ठमण्डप पूर्नरनिर्माणका लागि विभिन्न दातृराष्ट्रले सहयोग गर्ने अनेक कुरा गरेतापनि आफूहरुले कुनैपनि प्रकारको सहयोग नलिएको र काठमाडौं महानगरपालिकाको अनुदान सहयोगवाट पूर्नरनिर्माण भैरहेको संपदा विज्ञ समेत रहेका सांसद शाक्यले भनेका छन्।

स्वदेशी लगानीमा स्वदेशीहरुको खून–पसिनाले पूर्नरनिर्माण भैरहेको काष्ठमण्डप पूर्नरनिर्माण भैरहेको र पूर्णरुपमा नेपाली मौलिक सम्पदाको रुपमा काष्ठमण्डप बन्ने ठोकुवा पनि सांसद शाक्यको रहेको छ। ३ बर्षभित्र निर्माण संपन्न गर्ने गरेर कार्य भैरहेको जानकारी दिदै सांसद शाक्यले पूर्नरनिर्माणमा अत्यन्त मिहिन भन्दा मिहिन कार्यमा पनि सोचविचार गरेर कार्य भैरहेको बताएका छन्।

विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण काष्ठमण्डप ध्वंस्त बनेको थियो। जसमा परेर ५२ जनाले ज्यान गुमाएका थिए।
प्रकाशन मिति–२०७६ साल भदौ ४ गते बुधवार ।