काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सातै प्रदेशमा सोमबार नयाँ प्रदेशप्रमुखहरु नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेशप्रमुखहरु नियुक्त गरेकी हुन्।

नवनियुक्त प्रदेशप्रमुखहरुमा प्रदेश नम्बर–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर–२ मा तिलक परियार, प्रदेश नम्बर–३ मा विष्णुप्रसाद प्रसाइँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशप्रमुखमा शर्मिलाकुमारी पन्त रहेका छन्।

सत्ताधारी नेकपाले प्रदेश प्रमुखमा कम्युनिष्ट पार्टीलाई योगदान गरेका राजनीतिक कार्यकर्ताहरुलाई प्राथमिकता दिएको छ। प्रायः यस्ता संवैधानिक नियुक्तिमा पूर्वप्रशासकहरुले मौका पाउने गरेकोमा यसपटक वामपन्थी राजनीतिकर्मीहरुलाई प्राथमिकता दिइएको छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक १८ गते सोमवार ।