prachanda-with-gyanendraकाठमाडौ। नागार्जुनको जंगल दरबारमा चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्रले गत हप्ता मुख खोलेपछि सत्तासिनहरुको निन्द्रा हराम हुन थालेको छ। यसले गर्दा उनीहरुले पूर्वराजालाई घुमाउरो तरीकाले मुख बन्द गरेर बस्न चेतावनी दिन थालेका छन्।

चुप नलागेमा राजदरबार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य बाहिर ल्याइदिने धम्की दिइन थालेको छ। जुन धम्की खुलेरै प्रधानमन्त्री पुष्पकमल दाहालले दाङ्गको घोराहीमा शनिवार आयोजित प्रेस सेन्टरको कार्यक्रममा ठाडै ज्ञानेन्द्र धेरै नबोले हुन्छ, जति बोल्छन्, झनै दुःख पाउँछन्, चुप लागेर बसून भनेका छन्।

ज्ञानेन्द्र शाहले धमिलो पानीमा तीर हानेर माछा मार्ने सोचेका होलान तर त्यस्तो केही हुंदैन भनेर दाहालले भन्दै राजदरबार हत्यकाण्डको उच्चस्तरीय छानविन हुनुपर्ने बताए।
प्रकाशन मिति–२०७३ साल पुष १० गते आइतवार ।