काठमाडौ। विदेशका अनौठा प्रसंगमा सुनिने कुरा नेपालमा घटना नै भएको छ। पूर्वी नेपालको झापाको सदरमुकाम भद्रपुरमा महिलाहरुको भित्री बस्त्र ब्रा र पेन्टी मात्र चोरी हुन थालेपछि प्रहरीले त्यसको अनुसन्धान गरेको छ।

अनुसन्धानको क्रममा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका एक २५ बर्षिय युवकलाई गिरफ्तार गरेको छ। त्यस युवकले झापा प्रहरीलाई आफूले महिलाहरुको भित्री बस्त्र ब्रा र पेन्टी मात्र चोर्ने गरेको स्वीकार गरेका छन्।

त्यसरी भित्री बस्त्र मात्र चोर्नुको कारणमा ती युवकले अरु केही नभइकन महिलाहरुका ती भित्री बस्त्र सुघेँर आनन्द लिने बानी भएको बताएका छन्।

सोही बानीका कारण महिलाका पाएसम्म र भेटाएसम्मका भित्री बस्त्र चोरी गर्ने गरेको साविती बयान ती युवकले दिएका छन्। अव उप्रान्त त्यस्तो कार्य नगर्न प्रहरीले चेतावनी दिएर त्यस युवकलाई रिहा गरिएको झापा प्रहरीले भनेको छ।
प्रकाशन मिति–२०७५ साल असोज २० गते शनिवार ।